Rule 48
बन व्यवस्थापन र वन पैदावारको सङ्कलन
(१) सामुदायिक वन उपभोक्ता समूहले सम्बन्धित सामुदायिक वनको व्यवस्थापन स्वीकृत कार्ययोजना बमोजिम गर्नु पर्नेछ।
(२) सामुदायिक वन उपभोक्ता समूहले स्वीकृत कार्ययोजनामा उल्लेख भएका वन संरक्षण, व्यवस्थापन तथा विकासका वार्षिक कार्य त्यस्तो कार्ययोजनामा तोकिएको समयमै सम्पन्न हुने व्यवस्था सुनिश्चित गर्नु पर्नेछ।
(३) स्वीकृत कार्ययोजना/बमोजिम वन व्यवस्थापन गरी वन पैदावारको सङ्कलन गर्दा वार्षिक स्वीकार्य कटानको परिमाणमा नबढ्ने गरी गर्नु पर्नेछ।
(४) सामुदायिक वन - उपभोक्ता समूहले स्वीकृत कार्ययोजना बमोजिम बन; पैदावार सङ्कलन गर्नु अघि सब डिभिजन वन कार्यालयको सहयोगमा छपान मूल्याङ्कन गरी डिभिजन वन कार्यालयको सहमति लिनु पर्नेछ।
तर सामुदायिक वन उपभोक्ता समूहभित्र आन्तरिक वितरणका लागि मात्र सङ्कलन गर्ने भएमा सब डिभिजन वन कार्यालयको सहयोग र सहमति लिई सङ्कलन गर्न सकिनेछ र सोको जानकारी सब डिभिजन वन कार्यालयले डिभिजन वन कार्यालयलाई दिनु पर्नेछ।
(५) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाढी, पहिरो, हिमपात, हावाहुरी, आगजनी, कीरा र रोगको सङ्क्रमण: जस्ता विपद्जन्य घटनाका कारण बन पैदावारमा क्षति पुग्न गई वन पैदावार सड्ने वा नासिने अवस्था आई परेमा त्यस्तो वन पैदावारलाई वन क्षेत्रबाट हटाउन वा सङ्कलन गर्न स्वीकृत कार्ययोजनाले तोकेको वार्षिक स्वीकार्य कटान परिमाण भन्दा बढी कटान गर्न सकिनेछ।
(६) उपनियम (५) मा उल्लिखित विपद्जन्य घटनाका कारण वन पैदावारमा क्षति हुन पुगेमा सामुदायिक वन उपभोक्ता समूहले यथाशक्य छिटो क्षतिको प्रारम्भिक विवरण सहित डिभिजनल वन अधिकृतलाई जानकारी गराउनु पर्नेछ। यस्तो जानकारी प्राप्त भएमा डिभिजनल वन अधिकृतले तत्काल प्राविधिक कर्मचारी खटाई स्थलगत निरीक्षण गरी घटनाको मिति र क्षतिको विवरण सहित जिल्ला; विपद् व्यवस्थापन समितिलाई जानकारी दिनु पर्नेछ।
(७) सामुदायिक वन उपभोक्ता समूहको अनुरोधमा डिभिजनल वन अधिकृतले उपनियम (६) बमोजिम क्षति हुन पुगेको वन पैदावारको मापन तथा लगत मूल्याङ्कन गरी जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा निर्देशनालय मार्फत प्रदेश मन्त्रालयको स्वीकृति लिई त्यस्तो वन पैदावार सङ्कलन तथा बिक्री वितरण गर्न त्यस्तो सामुदायिक वन उपभोक्ता समूहलाई अनुमति दिन सक्नेछ।
(८) उपनियम (५) बमोजिम काठ, दाउरा सङ्कलन भएपछि कार्ययोजनाको वार्षिक स्वीकार्य कटानको परिमाणलाई पुनरावलोकन गरी कार्ययोजनामा समावेश गर्नु पर्नेछ।
(९) यस नियममा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक रुपमा आफैं ढलेका रुखको लगत मूल्याङ्कन वार्षिक स्वीकार्य कटान परिमाण भन्दा बढी भएमा आगामी वर्षको वार्षिक स्वीकार्य कटान परिमाणमा मिलान गर्ने गरी डिभिजन वन कार्यालयको सहमति लिई सङ्कलन गर्न सकिनेछ।
(१०) सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनबाट स्वीकृत कार्ययोजना बमोजिम प्राप्त हुने काठ, दाउरा सङ्कलन गर्दा आफ्नै स्रोत वा बैङ्क तथा: वित्तीय संस्थाको सहयोग तथा लगानीमा समूहका सदस्यलाई परिचालन गरी गर्नु पर्नेछ।
(११) उपनियम (१०) बमोजिम सामुदायिक वन उपभोक्ता समूहका सदस्यलाई परिचालन _ गरी काठ, दाउरा सङ्कलन गर्न नसकेमा त्यस्तो; उपभोक्ता समूहले सिलबन्दी बोलपत्र आह्वान गरी प्रतिस्पर्धा गराई सबैभन्दा कम मूल्यमा वन पैदावार सङ्कलन गर्न कबोल गर्ने फर्म वा कम्पनीलाई अनुसूची-२६ बमोजिमको ढाँचामा सङ्कलन अनुमतिपत्र दिई सङ्कलन कार्यमा लगाउनु_पर्नेछ।
तर वन पैदावार सङ्कलन कार्यमा संलग्न भएको फर्म, उद्योग वा कम्पनीले त्यस्तो वन पैदावारको बिक्री प्रक्रियामा भाग लिन पाउने: छैन।
(१२) सामुदायिक वन उपभोक्ता समूहले उपनियम (११) बमोजिम काठ, दाउरा सङ्कलन गर्दा स्वीकृत जिल्ला दर रेटमा नबढ्ने गरी खर्च गर्नु पर्नेछ।
(१३) यस नियम बमोजिम सङ्कलन गरेको काठ, दाउरा सामुदायिक वन उपभोक्ता समूहले स्वीकृत कार्ययोजनामा व्यवस्था भए बमोजिमको सुरक्षित स्थानमा घाटगद्दी गर्नु पर्नेछ।
(१४) काठ, दाउरा बाहेकको जडीबुटी र अन्य वन पैदावारको सङ्कलनको लागि सामुदायिक वन उपभोक्ता समूहले अनुसूची-२६ बमोजिमको ढाँचामा सङ्कलन अनुमतिपत्र दिई सङ्कलन गर्नु पर्नेछ।